आहा रारा फाइनल : म्यान अफ द म्याच बने संकटाका गोलकिपर थापा <p>काठमाडौँ। पोखरामा जारी १९औं आहा रारा गोल्डकपको फाइनलमा संकटा क्लबका गोलकिपर राजाबाबु थापाले म्यान अफ द म्याचको उपाधि पाएका छन्। किपर थापाको म्याचका दौरान तथा टाइब्रेकरमा महत्त्वपूर्ण सेभका मद्दतले संकटाले टाइब्रेकरमा अफ्रिकन रुट्सविरुद्ध ४-२ को जित हासिल गरेको छ। खेलको निर्धारित र अतिरिक्त दुवै समयमा १-१ को बराबरी खेलेपछि खेलको निर्णय ट्राइबेकरबाट भएको हो।</p>
प्रतिक्रिया दिनुहोस्