आहा रारा फाइनल : टाइब्रेकरमा संकटाको रोमाञ्चक जित <p>काठमाडौँ। पोखरामा जारी १९औं आहा रारा गोल्डकपको फाइनलमा संकटा क्लबले टाइब्रेकरमा ४&ndash;२ को जित हासिल गरेको छ। अफ्रिकन रुट्ससँग खेलको निर्धारित र अतिरिक्त दुवै समयमा १&ndash;१ को बराबरी खेलेपछि खेलको निर्णय ट्राइबेकरबाट भएको हो।</p> <p>यसअघि ज्याकस बसीकले गरेको गोलबाट अफ्रिकन रुट्सले खेलमा पहिलो अग्रता लिएता पनि संकटाका विदेशी खेलाडी ग्लोरीले बराबरी गोल फर्काएका थिए। पोखरा रंगशालामा जारी प्रतियोगिताको विजेताले १० लाख एक हजार र उपविजेताले पाँच लाख एक हजार पुरस्कार प्राप्त गर्नेछन्।</p>
प्रतिक्रिया दिनुहोस्