आहा रारा फाइनल : खेलको निर्णय ट्राइबेकरबाट
<p>काठमाडौँ। पोखरामा जारी १९औं आहा रारा गोल्डकपको संकटा क्लब र अफ्रिकन रुट्सबिचको फाइनल खेलको निर्णय ट्राइबेकरबाट हुने भएको छ। संकटा र अफ्रिकन रुट्सले खेलको निर्धारित र अतिरिक्त दुवै समयमा १–१ को बराबरी खेलेपछी खेलको निर्णय ट्राइबेकरबाट हुने भएको हो।</p>
<p>यसअघि ज्याकस बसीकले गरेको गोलबाट अफ्रिकन रुट्सले खेलमा पहिलो अग्रता लिएता पनि संकटाका बिदेशी खेलाडी ग्लोरीले बराबरी गोल फर्काएका थिए। पोखरा रंगशालामा जारी प्रतियोगिताको विजेताले १० लाख एक हजार र उपविजेताले पाँच लाख एक हजार पुरस्कार प्राप्त गर्नेछन्।</p>
प्रतिक्रिया दिनुहोस्
