आहा रारा फाइनल : अतिरिक्त समयमा पहिलो हाफसम्म १-१ को बराबरी
<p>काठमाडौँ। पोखरामा जारी १९औं आहा रारा गोल्डकपको फाइनल खेलको निर्धारित समयमा संकटा क्लब र अफ्रिकन रुट्सले १-१ को बराबरी खेलेपछी खेल थप ३० मिनेटको अतिरिक्त समयको पहिलो हाफ पनि १-१ को बराबरीमा टुंगिएको छ। </p>
<p>यसअघि ज्याकस बसीकले गरेको गोलबाट अफ्रिकन रुट्सले खेलमा पहिलो अग्रता लिएतापनि संकटाका बिदेशी खेलाडी ग्लोरीले बराबरी गोल फर्काएका थिए। </p>
<p>पोखरा रंगशालामा जारी प्रतियोगिताको विजेताले १० लाख एक हजार र उपविजेताले पाँच लाख एक हजार पुरस्कार प्राप्त गर्नेछन्।</p>
प्रतिक्रिया दिनुहोस्
