आहा रारा फाइनल : खेल अतिरिक्त समयमा धकेलियो <p>काठमाडौँ। पोखरामा जारी १९औं आहा रारा गोल्डकपको फाइनल खेलको निर्धारित समयमा संकटा क्लब र अफ्रिकन रुट्सले १-१ को बराबरी खेलेपछी खेल थप ३० मिनेटको अतिरिक्त समयमा धकेलिएको छ।&nbsp;</p> <p>यसअघि ज्याकस बसीकले गरेको गोलबात अफ्रिकन रुट्सले पहिलो अग्रता लिएको थियो। तर खेलको ५२औ मिनेटमा संकटाका बिदेशी खेलाडी ग्लोरीले बराबरी गोल फर्काएका थिए।&nbsp;</p> <p>पोखरा रंगशालामा जारी प्रतियोगिताको विजेताले १० लाख एक हजार र उपविजेताले पाँच लाख एक हजार पुरस्कार प्राप्त गर्नेछन्।</p>
प्रतिक्रिया दिनुहोस्