रविले पोखरा थन्डर्सबाट खेल्ने
<p>काठमाडौं। नेपाल सुपर लिगमा रवि पासवानले पोखरा थन्डर्सबाट खेल्ने भएका छन्। बैशाख ११ गतेबाट हुने प्रतियोगिताअघि थन्डर्सका महत्त्वपूर्ण खेलाडी सुजल क्षेष्ठ घाइते भएपछि पोखराले रविलाई भित्र्याएको हो। </p>
<p>यसअघि गत महिना काठमाडौंमा भएको लिगको अक्सनमा कोटा पूरा भएका कारण रवि अनसोल्ड रहेका थिए। नेपाली फुटबलमा पहिलोपटक हुन लागेको प्रतिस्पर्धाका लागि नेपालका विभिन्न सात सहरहरूको नामका सात टोलीको सहभागिता रहनेछ।</p>
प्रतिक्रिया दिनुहोस्
