आईपीएल क्रिकेट : न्युजिल्यान्डका चार खेलाडीले बीचबाटै प्रतियोगिता छाड्न सक्ने <p>काठमाडौँ। न्युजिल्यान्डका चार क्रिकेटरहरूले आईपीएलबीचबाटै छाड्न सक्ने देखिएको छ।&nbsp;</p> <p>इङल्यान्डविरुद्ध दुई टेष्ट खेलको शृङ्खलाका लागि न्युजिल्यान्ड टिममा केन विलियमसन, ट्रेन्ट बोल्ट, काइल जेमीसन र मिचेल स्यान्टनर परेपछि उनीहरूले आईपीएल बीचमा छाड्न सक्ने देखिएको हो। शृंङ्खलाको पहिलो टेष्ट जुन २ देखि लर्ड्समा खेलिनेछ। तर बेलायतको कोरोना गाइडलान्इसअनुसार भारतबाट जानेले कम्तीमा १० दिन क्वारेन्टिमा बस्नुपर्ने हुँदा यी चार खेलाडीले आईपीएल नकआउट चरणदेखिका खेल गुमाउन सक्ने देखिएको हो।</p>
प्रतिक्रिया दिनुहोस्