आईपीएल : हेजलवुडको स्थानमा बेहरेनडर्फले चेन्नईबाट खेल्ने
<p>काठमाडौं। आईपीएलको फ्रेन्चाइज टोली चेन्नई सुपर किङ्सले अष्ट्रेलियाका तीव्र गतिका बलर जेसन बेहरेनडर्फलाई अनुबन्ध गरेको छ। </p>
<p>चेन्नईले बेहरेनडर्फलाई जस हेजलवुडको स्थानमा क्लबमा भित्र्याएको हो। बेहरेनडर्फले आईपीएलमा मुम्बई इन्डियन्सबाट खेलिसकेका छन्। बेहरेनडर्फ आईपीएलको अक्सनमा भने अनसोल्ड रहेका थिए। </p>
<p>यसअघि व्यस्त अन्तर्राष्ट्रिय कार्यक्रम र पारिवारिक कारणले हेजलवुडले प्रतियोगिताबाट नाम फिर्ता लिएका थिए।</p>
प्रतिक्रिया दिनुहोस्
