यस्ता छन् आईपीएलका केही कीर्तिमानहरु <p>काठमाडौं। २००८ बाट सुरु भएको आईपीएलको एकै खेलमा सबैभन्दा धेरै (२६३) रन बनाउने टोली रोयल च्यालेन्जर बेंगलोर (२०१३) हो भने सबैभन्दा कम (४९) रनमा समेटिने टोली पनि बेंगलोर (२०१७) हो।&nbsp;</p> <p>आईपीएलको एकै खेलमा व्यक्तिगत सबैभन्दा धेरै (१७५) रन बनाउने खेलाडी क्रिस गेल हुन्।&nbsp;</p> <p>त्यस्तै एक खेलमा उत्कृष्ट बलिङ गर्ने खेलाडी अलजारी जोसेफ हुन। उनले ३.४ ओभर बलिङ गर्दै १२ रन खर्चेर छ विकेट हात पारेका थिए।</p>
प्रतिक्रिया दिनुहोस्