आईपीएल क्रिकेटः उद्घाटन खेलमा मुम्बई र बेंग्लोर भिड्दै
<p>काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल) को १४ औं संस्करण आजबाट सुरु हुँदै छ। उद्घाटन खेल मुम्बई इन्डियन्स (एमआई) र रोयल च्यालेन्जर्स बेंग्लोर (आरसीबी) बीच हुँदै छ।</p>
<p>चेन्नईमा हुने खेल नेपाली समयअनुसार साँझ ७ : ४५ बजेबाट हुने छ। मुम्बई आईपीएलेको सबैभन्दा सफल टोली हो।</p>
<p>मुम्बईले हालसम्म पाँचपटक आईपीएलको उपाधि जितेको छ। त्यस्तै तीनपटक फाइनल खेलेको बेंग्लोरले उपाधि जित्न सकेको छैन।</p>
प्रतिक्रिया दिनुहोस्
