युरोपा लिग:आर्सनल र स्लाभिया प्राग बराबरीमा
<p>काठमाडौं। युरोपा लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा बिहीबारराति भएको खेलमा आर्सनल र स्लाभिया प्रागले १-१ को बराबरी खेलेको छ।</p>
<p>घरेलु मैदानमा सुरुवाती अग्रता बनाएपनि आर्सनलले त्यसलाई जोगाउन सकेन।</p>
<p>निकोलस पेपेले गोल गर्दै आर्सनललाई १-० को अग्रता दिलाएपनी खेलको इन्जुरी समयमा स्लाभियाका टोमस होल्सले गोल फर्काए।</p>
<p>दुई टिमबीचको दोस्रो लेग अप्रिल १६ मा हुनेछ।</p>
प्रतिक्रिया दिनुहोस्
