युरोपा लिग: युनाईटेडको सहज जीत
काठमाडौं। युरोपा लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा बिहीबारराति भएको खेलमा म्यानचेस्टर युनाईटेडले ग्रानडालाई २-० गोल अन्तरले पराजित गरेको छ।

ग्रानडाको मैदानमा युनाईटेडलाई जित दिलाउन मार्कस रासफोर्ड र ब्रुनो फर्नान्डेसले एक एक गोल गरे।

फर्नान्डेसले इन्जुरी समयमा पेनाल्टीबाट गोल गरेका हुन्।

जितसँगै युनाईटेडले सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ।

लिगको दोस्रो लेग युनाईटेडको मैदानमा अप्रिल १६ मा हुनेछ।

प्रतिक्रिया दिनुहोस्