आहा रारा गोल्डकप : पुलिसलाई पराजित गर्दै अफ्रिकन रुट्स फाइनलमा <p>काठमाडौं। पोखरामा जारी १९औं आहा रारा गोल्डकपको दोस्रो सेमिफाइनल खेलमा नेपाल पुलिसलाई २-० ले पराजित गर्दै अफ्रिकन रुट्स एसोसिएसन फाइनलमा प्रवेश गरेको छ।&nbsp;</p> <p>पोखरा रंगशालामा अफ्रिकन रुट्सका ज्याकस बसीकले तेस्रो मिनेटमा र माैसाले इन्जुरी समयमा दोस्रो गोल गरेका थिए।&nbsp;</p> <p>प्रतियोगितामा पहिलोपटक सहभागी भएको अफ्रिकन रुट्स पहिलो सहभागितामै फाइनमा प्रवेश गरेको हो। यसअघि एपीएफलाई पराजित गर्दै संकटाले फाइनलमा स्थान बनाइसकेको छ।</p>
प्रतिक्रिया दिनुहोस्