त्रिदेशीय क्रिकेट कप : उद्घाटन खेलमा नेपालले नेदरल्यान्डसको सामना गर्ने <p>काठमाडौं। क्यानले आयोजना गर्न लागेको त्रिदेशीय ट्वान्टी-२० कपको उद्घाटन खेलमा नेपालले नेदरल्यान्डसको सामना गर्ने भएको छ।&nbsp;</p> <p>अप्रिल १७ देखि सुरु हुने प्रतियोगिता कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा दिनको २:१५ बजेदेखि सञ्चालन हुनेछ।</p> <p>डबल लिगका आधारमा सञ्चालन हुने प्रतियोगिताको शर्षि दुई टोली उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। लिगको फाइनल २४ अप्रिलमा हुनेछ।</p>
प्रतिक्रिया दिनुहोस्