शहीद स्मारक सी डिभिजन लिग : चर्च ब्वाइज र खालीबारी युथ बराबरीमा रोकिए <p>काठमाडौं। शहीद स्मारक &lsquo;सी&rsquo; डिभिजन लिगमा चर्च ब्वाइज युनाइटेड खालीबारी युथ क्लबसँग १-१ को बराबरी खेलेका छन्।&nbsp;</p> <p>चर्चका कुवेर न्यौपाने खेलको दोस्रो मिनेटमा गरेको गोलबाट अग्रता लिए पनि त्यसलाई अन्त्यसम्म जोगाउन सकेन। खालीबारीका इमान लामाले ३८ औं मिनेटमा बराबरी गोल फर्काएका थिए।&nbsp;</p> <p>ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयमा जारी लिगमा १४ टिमले प्रतिस्पर्धा गरिरहेका छन्।</p>
प्रतिक्रिया दिनुहोस्