आहा रारा गोल्डकप सेमिफाइनल : अफ्रिकन रुट्सलाई एक गोलको अग्रता <p>पोखरामा जारी १९औं आहा रारा गोल्डकपको दोस्रो सेमिफाइनल खेलमा नेपाल पुलिसविरुद्ध अफ्रिकन रुट्सले पहिलो अग्रता लिएको छ।&nbsp;</p> <p>अफ्रिकन रुट्सका ज्याकस बसीकले खेल सुरुवातको तेस्रो मिनेटमा नै पहिलो गोल गरेका हुन्।&nbsp;</p> <p>पोखरा रंगशालामा जारी प्रतियोगिताको विजेताले १० लाख एक हजार र उपविजेताले पाँच लाख एक हजार पुरस्कार प्राप्त गर्नेछन्।</p>
प्रतिक्रिया दिनुहोस्