काठमाडौं। कप्तान पारस खड्का र रोहन मुस्तफाले पहिलो विकेटका लागि १ सय १७ रनको साझेदारी गरेपछि चितवन राइनोजले विहीबार पोखरा प्रिमियर लिगमा बुटवल ब्लास्टरलाई १ सय १९ रनले पराजित गरेको छ।
पोखरा रंगशालाको क्रिकेट मैदानमा बुटवल ब्लास्टरका कप्तान सोमपाल कामीले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेका थिए। तर, पारस र मुस्तफाको ६९ बलमा १ सय १७ रनको साझेदारी गरेपछि सोमपालको निर्णय महंगो सवित भएको थियो।
चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ३ रन बनाएको थियो। २ सय ४ रनको लक्ष्य पछ्याएको बुटलले १८.४ ओभरमा सबै विकेट गुमाएर ८४ रन मात्र बनाउन सक्यो।
पारसले बुटवलविरुद्ध ब्याटिङ लाइनअपमा परिवर्तन गरेका थिए। अघिल्लो खेलमा चौथो नम्बरमा ब्याटिङ गर्न आएका पारस बुटवलविरुद्ध ओपनिङमा मुस्तफालाई साथ दिन आइपुगेका थिए।
शतकीय साझेदारी गर्ने क्रममा पारसले ४० बलमा ६ चौका र २ छक्कासहित ६३ रन बनाए। पारस अफ्ताबुद्धिन अहमदको बलमा सोमपालमार्फत क्याच भए।
पारस आउट भएपछि बाबर हायतसँग दोस्रो विकेटका ७ रनको साझेदारी गरेका मुस्तफाले तेस्रो विकेटका लागि आरिफ शेखसँग ६९ रनको साझेदारी गरे। आरिफले १९ बलमा ३ चौका र ३ छक्कासहित ४०
रन बनाए। मुस्तफा ७० रनमा अविजित रहे। ५६ बल खेलेका मुस्तफाले ७ चौका र २ छक्का प्रहार गरे। सन्ने पटेल ४ रनमा अविजित रहे।
बुटवलका अफ्ताबुद्दिनले २ तथा अबिनाष बोहराले १ विकेट लिए।
करण केसीको उत्कृष्ट प्रदर्शनमा चितवनले बलिङमा पनि राम्रो सुरुआत गर्यो। ३.४ ओभरमा ११ रन दिएर ४ विकेट लिएका करणले पहिलो ओभरमै बुटवलका अफ्ताबुद्दिनलाई पवेलियनको बाटो देखाए।
बुटवलले ४.२ ओभरमा १० रन जोड्दा ३ विकेट गुमाइसकेको थियो। बुटबलका शिवम सिंहले ३३, भीम सार्कीले २१ र हरिबहादुर चौहानले १२ रन जोड्नुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।
चितवनका करणबाहेक मुस्तफाले २ विकेट लिए। बिक्रम भुषाल, बिक्रम सोब, भुवन कार्की र सन्नी पटेलको नाममा १-१ विकेट रह्यो।
बुटवल र चितवन दुबैको यो दोस्रो खेल हो। चितवनले पहिलो खेलमा पोखरा पल्टनलाई ६ विकेटले पराजित गरेको थियो भने बुटवलले काठमाडौं गोल्डेन्स वारियर्समाथी सुपर ओभरमा रोमाञ्चक जित हासिल गरेको थियो।