च्याम्पियन्स लिगमा पीएसजीको महत्त्वपूर्ण जित <p>काठमाडौं। च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलको पहिलो लेगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) विजयी भएको छ ।</p> <p>पीएसजीले साबिक विजेता बार्यन म्युनिखलाई ३&ndash;२ ले पराजित गरेको हो ।</p> <p>पीएसजीको जितमा केलियन एमबाप्पेले दुई तथा मार्क्वीन्होसले एक गोल गरे । बार्यनका लागि चोउपो&ndash;मोन्टिङ र थोमस मुलरले एक&ndash;एक गोल गरेका हुन् । दोस्रो लेग पिएसजीको मैदानमा हुने छ ।</p>
प्रतिक्रिया दिनुहोस्