इटालियन सिरी एमा युभेन्टस विजयी
<p>काठमाडौं। इटालियन सिरी एमा युभेन्टस विजयी भएको छ। घरेलु मैदानमा युभेन्टसले नापोलीलाई २–१ ले पराजित गरेको हो।</p>
<p>युभेन्टसको जितमा क्रिष्टियानो रोनाल्डो र पाउलो डिबालाले गोल गरे। नापोलीका लागि लोरेन्जो इनसिग्नीले एक गोल फर्काए। </p>
<p>जितपछि तेस्रो स्थानमा उक्लिएको युभेन्टसको २९ खेलबाट ५९ अंक भएको छ । ९ सिजन लगातार उपाधि जितेका युभेन्टस यस वर्ष शीर्ष स्थानको इन्टर मिलान भन्दा १२ अंकले पछि छ ।</p>
प्रतिक्रिया दिनुहोस्
