पारस र सन्दीप लामिछानेले लगाए चीनबाट ल्याइएको खोप
<p>काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरुले आज कोभिडविरुद्धको खोप लगाएका छन्।<br />
<br />
नेपाल सरकारले दोश्रो चरण अन्तर्गत व्यवस्था गरेको कोरानाविरुद्धको राष्ट्रव्यापी अभियान अन्तर्गत यो खोप लगाएका हुन् । </p>
<p>आज अपरान्ह चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर स्थित खोप केन्द्रमा पुगेर राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का, क्याप्टेन ज्ञानेन्द्र मल्ल, खेलाडीहरु सन्दिप लामिछाने, सोमपाल कामी, लगायतले चिन सरकारबाट प्राप्त खोप लगाएका हुन।</p>
प्रतिक्रिया दिनुहोस्
