एपीएफलाई हराउँदै पहिलो पटक संकटा आहा राराको फाइनलमा <p>काठमाडौं। पोखरामा जारी १९ औं आहा रारा गोल्डकपमा संकटाले सशस्त्र प्रहरी (एपीएफ) क्लबलाई २&ndash;० ले पराजित गरेको छ।<br /> जितसँगै संकटा प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। आहा रारामा संकटाले पहिलो पटक फाइनलमा स्थान बनाएको हो।<br /> संकटाको जीतमा सुबास गुरुङले ३२औ मिनेटमा पहिलो गोल गरे। विदेशी खेलाडी ग्लोरीले ९०औ मिनेटमा दोस्रो गोल गरेका हुन्।<br /> प्रतियोगिताको विजेताले १० लाख एक हजार र उपविजेताले पाँच लाख एक हजार नगद पुरस्कार प्राप्त गर्नेछन्।</p>
प्रतिक्रिया दिनुहोस्