च्याम्पियन्स लिग फुटबल : डर्टमण्डविरुद्ध सिटी विजयी
<p>काठमाडौं। च्याम्पियन्स लिग फुटबलअन्तर्गत अन्तिम आठको पहिलो लेगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले जित निकालेको छ। मंगलबार राति भएको खेलमा सिटीले जर्मन क्लब बोरुसिया डर्टमण्डलाई २-१ गोल अन्तरले पराजित गरेको हो।</p>
<p>घरेल मैदानमा भएको खेलमा सिटीलाई जित दिलाउने क्रममा केभिन डी ब्रुएन र फिल फोडेनले एक-एक गोल गरे। डर्टमण्डका मार्को रिउसले एक गोल फर्काए। लिगको दोस्रो लेग डर्टमण्डको मैदानमा अप्रिल १४ मा हुनेछ।</p>
प्रतिक्रिया दिनुहोस्
