युरोपियन च्याम्पियन्स लिग : रियल मड्रिडको सहज जित
<p>काठमाडौं। युरोपियन च्याम्पियन्स लिगको अन्तिम आठको पहिलो लेगमा स्पेनिस क्लब रियल मड्रिडले सहज जित निकालेको छ।</p>
<p>मंगलबार राति भएको खेलमा रियलले इंग्लिस क्लब लिभरपुललाई ३–१ गोल अन्तरले पराजित गरेको हो। जितसँगै रियलको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनेको छ।</p>
<p>घरेलु मैदान बर्नबेउमा रियललाई जित दिलाउन भिनिसियस जुनियरले दुई गोल गरे। त्यस्तै, मार्को एसेन्सियोले एक गोल थपे। लिभरपुलका मोहमद सलाहले एक गोल फर्काए।</p>
प्रतिक्रिया दिनुहोस्
