आहा रारा गोल्डकप : थ्रीस्टारलाई पराजित गर्दै पुलिस सेमिफाइनलमा <p>काठमाडौं। पोखरामा जारी १९औं आहा रारा गोल्डकपमा नेपाल पुलिसले थ्रीस्टारविरुद्ध ४-० ले पराजित गरेको छ।</p> <p>पोखरा रंगशालामा सम्पन्न खेलमा पुलिसका बुद्धबल तामाङले दुई तथा तेज तामाङ र सुजन राईले एक-एक गोल गरे। जितसँगै पुलिस प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।</p> <p>प्रतियोगिताको विजेताले दस लाख एक हजार र उपविजेताले पाँच लाख एक हजार नगद पुरस्कार प्राप्त गर्नेछन्।</p>
प्रतिक्रिया दिनुहोस्