टोकियो ओलम्पिकमा उत्तर कोरिया सहभागी नहुने

काठमाडौं। उत्तर कोरियाले टोकियो ओलम्पिकमा भाग नलिने निर्णय गरेको छ।

पछिल्लो समय कोरोना संक्रमण बढिरहेकाले ओलम्पिकमा सहभागी नहुने उत्तर कोरियाका खेलकुद मन्त्रीले बताएका हुन्।

पछिल्लोपटक उत्तर कोरियाली टोली १९८८ मा भएको शीत युद्धका बेला ओलम्पिक बाहिर रहेको थियो।

२३ जुलाईदेखि ८ अगस्टसम्म जापानको टोकियोमा आयोजन हुने ओलम्पिक कोरोनाका कारण गतवर्ष स्थगित गरिएको थियो।

द्वितीय विश्वयुद्धपछि पहिलो पटक २०२० मा ओलम्पिक स्थगित गरिएको हो।

प्रतिक्रिया दिनुहोस्