च्याम्पियन्स लिगः क्वाटरफाइनको पहिलो लेगको दुई खेल आज

काठमाडौं। युरोपियन च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेग आजराति हुँदैछ।

क्वाटरफाइनलमा आज रियल मड्रिडविरुद्ध लिभरपुल र म्यानचेष्टर सिटीविरुद्ध बोरुसिया डर्टमन्ड भिड्दै छन्।

रियलले प्रिक्वाटरफाइनलमा एटलान्टालाई र लिभरपुलले आरबी लेइप्जिगलाई पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको हो।

त्यस्तै सिटीले बोरुसिया मुन्चेनग्लाडवाच र डर्टमन्डले सेभिल्लालाई पराजित गर्दै क्वाटरफाइनमा स्थान बनाएको हो।

खेल नेपाली समयअनुसार राति १ः४५ बजेदेखि सुरु हुने छ।

प्रतिक्रिया दिनुहोस्