लिभरपुल क्लब विश्वकपको फाइनलमा

काठमाडौं। मैदान प्रवेश गरेको पाँच मिनेट वित्न नपाउँदै रोबर्टो फिर्मिनोले गरेको गोलमा लिभरपुलले गएराति मेक्सिकोको क्लब मोन्टर्रेलाई २-१ ले हराएको छ।

योसँगै लिभरपुलले क्लब विश्वकपको फाइनलमा स्थान बनाएको छ।

ब्रजिलका फरवार्ड फिर्मिनोले ८५औं मिनेटमा डिभोक ओरिगीलाई प्रतिस्थापन गरेका थिए। मैदान छिरेको ५ मिनेट वित्न नपाउँदै फिर्मिनोले ट्रेन्ट एलेक्जेन्डर आर्नोन्डको क्रसलाई गोल गरे।

दोहाको खालिफा अन्तर्राष्ट्रिय रंगशालामा नाबी केइटाको गोलबाट लिभरपुलले १२औं मिनेटमा अग्रता लिएको थियो।

कैइटाले मोहम्मद सालाहको पासमा गोल गरेका थिए। त्यसको दुई मिनेट वित्न नपाउँदै रोगोलियो फुनेस मोरीले बराबरी गोल फर्काएका थिए।

लिभरपुलले २१ डिसेम्बरमा ब्रजिलको फ्लामेन्गोसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।

लिभरपुलले क्लब विश्वकपको फाइनलमा स्थान बनाएको यो दोस्रो पटक हो।

यससँगै लिभरपुल क्लब विश्वकपमा दुई पटक फाइनलमा पुग्ने पहिलो इङ्लिस क्लब बनेको छ।

लिभरपुलका प्रशिक्षक योर्गान क्लोप सिनियर टोली लिएर कतार उडेका थिए।

लिभरपुलको अर्को टोलीले मंगलबार यु-२३ प्रशिक्षक नेइल क्रिचलेको प्रशिक्षणमा काराबाओ कपको क्वार्टरफाइनल खेल खेलेको थियो।

उक्त खेलमा लिभरपुल एस्टन भिल्लासँग ५-० ले पराजित भएको थियो।

एस्ट भिल्लाविरुद्ध लिभरपुलले अहिलेसम्मकै यूवा टोली उतारेको थियो।

लिभरपुल २००१ नोभेम्बरपछि लगातार दुई दिन दुई खेल खेल्ने पहिलो प्रिमियर लिग क्लब बनेको छ।

त्यसअघि म्यानचेस्टर युनाइटेड र आर्सनलले पनि लागातार दुई दिनमा दुई खेल खेलेका थिए।

प्रतिक्रिया दिनुहोस्