आईपीएलमा मोइन अलीले रक्सीको लोगो भएको जर्सी नलगाउने
<p>काठमाडौं। इन्डियन प्रिमियर लिग(आईपीएल) सुरु हुनैलाग्दा चेन्नईको नयाँ जर्सीमा रक्सीको लोगो राखिएपछि इङ्ल्यान्डका अलराउन्डर मोइन अलीले उक्त जर्सी नलगाउने भएका छन्। आईपीएलमा सहभागी आठ टिमले नयाँ सिजनको नयाँ जर्सी सार्वजनिक गरेका छन्। इस्लाम धर्ममा रक्सी पिउन र प्रचार गर्न प्रतिबन्ध रहेका कारण अलिले रक्सीको लोगो भएको जर्सी नलगाउने भएका हुन्। <br />
अलीको भावनालाई कदर गर्दै चेन्नईले उनको जर्सीबाट रक्सीको लोगो हटाउन अनुमति दिएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
