आहा रारा गोल्डकपः आज नेपाल पुलिस र थ्रीस्टार भिड्दै
<p>काठमाडौं। १९औं आहा रारा गोल्डकप नकआउट फुटबल प्रतियोगितामा आज नेपाल पुलिस र रुस्लान थ्रीस्टार क्लब प्रतिस्पर्धा गर्दैछन्।<br />
पुलिस र थ्रीस्टारबीचको खेलमा विजेता टोलीले सेमिफाइनमा स्थान बनाउनेछ। <br />
पोखरा रंगशालामा सञ्चालन हुने खेलको प्रत्यक्ष प्रशारण दिनको दुईबजेदेखि देखापढीको आधिकारिक युट्युब च्यानलमा हुनेछ। <br />
नकआउट आधारमा सञ्चालन भइरहेको प्रतियोगिताको विजेताले १० लाख एक हजार तथा उपविजेताले पाँच लाख एक हजार नगद प्राप्त गर्नेछन्।</p>
प्रतिक्रिया दिनुहोस्
