काराबाओ कपको सेमिफाइनलमा सिटी र युनाइटेड भिड्ने
काठमाडौं। साविक विजेता म्यानचेस्टर सिटीले काराबाओ कपको सेमिफाइनलमा शहरी प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडविरुद्ध खेल्ने भएको छ।

गएराति युनाइटेडले कोलचेस्टरलाई ३-० ले पराजित गरेको थियो भने सिटीले अक्फोर्ड युनाइटेडबिरुद्ध ३-१ को नतिजा निकालेको छ।

सिटीको जितमा रहिम स्टर्लिङले दुई तथा जोओ कानसेलोले एक गोल गरे।

अक्फोर्डका म्याट टेलरले गोल गरेका थिए।

त्यस्तै म्यानचेस्टर युनाइटेडको जितमा मार्कुश रशफोर्ड र एन्थोनी मार्सियालले गोल गरे।

अर्को गोल रायन ज्याक्सनले आत्मघाती गोल उपहार दिएका थिए।

पेप ग्वार्डिओलाको सिटीले पछिल्लो दुई सिजन लगातार यस प्रतियोगिताको उपाधि जितेको थियो।

पछिल्लो ६ मध्ये ४ सिजन सिटीले उपाधि उचालेको छ।

७ डिसेम्बरमा सम्पन्न प्रिमियर लिगको खेलमा सिटी ओले गनर सोल्सायरको युनाइटेडसँग २-१ ले पराजित भएको थियो।

लिग कपमा सिटी र युनाइटेड पछिल्लो समय २०१६ मा आमनेसामने भएका थिए। चौथो चरणको उक्त खेलमा युनाइटेड १-० ले विजयी भएको थियो।

सेमिफाइनलमै भने सिटी र युनाइटेडले २०१० मा खेलेको थियो।

उक्त खेलमा पनि युनाइटेडले समग्रमा ४-३ को नतिजा निकालेको थियो।

युनाइटेडले यसपटक पहिलो लेग घरेलु मैदानमा खेल्नेछ। त्यस्तै लेस्टर सिटीले पनि पहिलो लेग घरेलु मैदानमै खेल्नेछ।

लेस्टरले एभर्टनलाई टाइब्रेकरमा ४-२ को नतिजा निकाल्दै अन्तिम चारमा स्थान पक्का गरेको थियो।

लेस्टर निर्धारित समय २-२ को बराबरी खेलेको थियो।

प्रतिक्रिया दिनुहोस्