एल क्लासिकोमा बार्सिलोना र रियाल मड्रिडको गोलरहित बराबरी

काठमाडौं। चीर प्रतिद्वन्द्वी बार्सिलोना र रियाल मड्रिडले सिजनको पहिलो ‘एल क्लासिको’ मा गोलरहित बराबरी खेलेको छ।

अन्तिम समयमा गारेथ बेलले गरेको गोल रेफ्रीले अफसाइड घेषित गरेपछि भ्रमणकारी रियालले तीन अंक जोड्ने मौका गुमाएको थियो।

कासेमिरोले दिएको पासमा रियालका रक्षक फर्लान्ड मेन्डी थोरैले अफसाइड बसेका कारण बेलको गोलले मान्यता पाएन। बेलले मेन्डीको पासलाई गोलमा परिणत गरेका थिए।

घरेलु मैदानमा बराबरीसँगै साविक विजेता बार्सिलोनाले शीर्ष स्थानमा तीन अंकको स्पष्ट अग्रता लिने मौका गुमायो। तथापी बार्सिनोला लिगको शीर्ष स्थानमा कायमै छ।

रियाल र बार्सिलोनाको समान ३ अंक भए पनि गोलअन्तरमा बार्सिलोना अगाडी भएको हो। दुबै क्लबले तेस्रो स्थानको सेभियासँग ५ अंकको दुरी बनाएका छन्।

बार्सिलोनाका लियोनल मेसीले पछिल्लो १२ खेलमा १४ गोल गरिसकेका थिए भने रियालका करिम बेन्जेमाले पछिल्लो ८ खेलमा ९ गोल गरेका थिए।

तर, गएराति दुबैले गोल गर्न सकेनन् र खेल बराबरीमा सकियो।

रियाल र बार्सिलोनाले बराबरी खेलेको २००२ नोभेम्बरपछि यो पहिलो हो।

“मेरो लागि यो नतिजा सन्तोषजनक रहेन। हामी तीन अंक लिने लक्ष्यका साथ यहाँ आएका थियौँ”, रियालका प्रशिक्षक जिनेदिन जिदानले भने, “अवसर पाएको बेला गोल पनि गर्नुपर्छ। तर हामीले त्यस्ता केही अवसर खेर फाल्यँैं। हामी ९० मिनेट नै खेलमा केन्द्रित भयौँ। राम्रो फुटबल खेल्यँैं तर गोलको कमी भयो।”

जिदानको रियाल बार्सिलोनाविरुद्ध पछिल्लो ७ खेलमा जित निकाल्न असफल भयो। रियालले ३ खेल बराबरी खेलेको छ भने ४ खेलमा पराजित भएको छ।

डिसेम्बर २०११ यता रियाल एल क्लासिकोमा जितबिहिन बनेको छ।

तथापी रियालका कप्तान सर्जियो रामोस सबभन्दा बढी ‘एल क्लासिको’ खेल्ने खेलाडी बने। उनको ‘एल क्लासिको’ खेल संख्या ४३ पुगेको छ।

जुन मानोलो सान्चेज, फ्रान्सिस्को गेन्टो, जाभी र मेसीको (४२) को भन्दा १ खेल बढी हो।

स्पेनिस ला लिगमा यो १७९औं एल क्लासिको हो। जारी सिजनको यो खेल २६ अक्टुबरमा हुने भनिएको थियो।

तर, क्याटलोनियामा नागरिक आन्दोलन हुने डरका कारण मिति सारिएको थियो।

सुरक्षाका कारण गएराति पनि दुबै टोली एउटै होटलमा बसेका थिए।

खेल शुरू हुनु दुई घन्टाअघि नै दुवै टोली सँगै मैदान गएका थिए।

प्रतिक्रिया दिनुहोस्