शहीद स्मारक सी डिभिजन लिग : प्लानिङ ब्वाइजविरुद्ध ओएसिस विजयी
<p>काठमाडौं। सहिद स्मारक सी डिभिजन लिगमा ओएसिस क्लबले प्लानिङ ब्वाइज युनाइटेडलाई २-१ ले पराजित गरेको छ। ओएसिसको जितमा केशब राय र विशाल पाण्डेले एक-एक गोल गरे। प्लानिङका प्रिन्स सापकोटाले एक गोल फर्काए।</p>
<p>जितसँगै चार अङ्क जोडेको ओएसिस लिगको १२ औँ स्थानमा उक्लिएको छ। पाँच अङ्क जोडेको प्लानिङ तालिकाको दसौं स्थानमा छ।</p>
प्रतिक्रिया दिनुहोस्
