किरण बने साताको उत्कृष्ट एसियाली खेलाडी
<p>काठमाडौं। नेपाली राष्ट्रिय टोलीका कप्तान तथा गोलरक्षक किरण कुमार चेम्जोङ एसियाकै साताको उत्कृष्ट खेलाडी बनेका छन् । किरण यो उपाधि जित्ने पहिलो नेपाली खेलाडी समेत हुन्।</p>
<p>नेपालले घरेलु भूमिमा ३७ वर्षपछि उपाधि जित्दा नायक बनेका उनले ५५.६९ प्रतिशत मत ल्याउदै ‘एएफसी प्लेयर अफ दि विक’ बन्न सफल भए।</p>
<p>दोस्रो स्थानमा साउदी अरेबियाका सलेह अल–सेहेरी रहे। उनको कुल २०.७२ प्रतिशत र तेस्रो स्थानका ईराकका अल अली महवइले १०.१६ प्रतिशत मत पाए।</p>
प्रतिक्रिया दिनुहोस्
