ला लिगाको शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिड पराजित
<p>काठमाडौं। स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिड सेभिल्लासँग १–० ले पराजित भएको छ । <br />
घरेलु मैदानमा सेभिल्लाको जितमा डिफेन्डर मार्कोस अकुनाले गरेको गोल नै निर्णायक बन्यो । </p>
<p>पराजित भएसँगै एट्लेटिकोले दोस्रो स्थानको रियाल मड्रिड र तेस्रो स्थानको बार्सिलोनासँग अंक दुरी बढाउने मौका गुमाएको छ । <br />
एट्लेटिकोको २९ खेलबाट ६६ छ भने रियाल मड्रिडको ६३ अंक छ । एक खेल कम खेलेको बार्सिलोनाको ६२ अंक छ ।</p>
प्रतिक्रिया दिनुहोस्
