खेलाडी बटुल्नुपर्दा प्रशिक्षणको लागि पर्याप्त समय नपाउदा पराजित भयौं– प्रशिक्षक कटुवाल <p>काठमाडौं। आहा रारा गोल्डकपमा मच्छिन्द्र क्लबलाई पराजित गर्दै २&ndash;१ ले पराजित गर्दै अफ्रिकन रुट्स एसोसिएसनले सेमिफाइनलमा स्थान बनाएको छ।&nbsp;</p> <p>खेलपछि मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले भने, &lsquo;हामी उपाधि जित्न भनेर आएका थियाैं। अफ्रिकन टोलीले राम्रो प्रदर्शन गर्&zwj;यो। हाम्रा मिडफिल्डर चल्न सकेनन्। खेलाडी बटुल्नु पर्दा टिमले पर्याप्त समय पाएन।&rsquo;&nbsp;</p> <p>त्यस्तै अफ्रिकन रुट्सका प्रशिक्षक सर्जे बोरिसले भने, &lsquo;खेल सजिलो थिएन। हाम्रा खेलाडीले राम्रो प्रर्दशन गरे। हामीले आउदो खेल जित्न निकै मेहनत गर्न आवश्यक छ। हामी उपाधिका लागी नेपाल आएका हौं। तर उपाधिका लागि हामीले निकै मेहनत गर्न आवश्यक छ।&rsquo;</p>
प्रतिक्रिया दिनुहोस्