क्रिकेटर सिराजलाई आनन्द महिन्द्राले दिए थार–एसयूभी कार
<p>काठमाडौं। टिम इन्डियाका तीव्र गतिका बलर मोहम्मद सिराजलाई थार–एसयूभी कार उपहार दिएका छन्। अस्ट्रेलियाविरुद्ध उनले टेस्ट सिरिजमा शानदार प्रदर्शन गर्दै भारतलाई जिताउन महत्वपूर्ण योगदान गरेपछि खुसी भएका महिन्द्राले कार उपहार दिएका हुन्। सिराजसँग महिन्द्राले अन्य पाँच जना खेलाडीलाई कार दिने घोषणा गरेका थिए।<br />
सिराजले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा यसको जानकारी दिँदै खुसी प्रकट गरेका छन्।</p>
प्रतिक्रिया दिनुहोस्
