अस्ट्रेलियन महिला क्रिकेट टोलीको नयाँ कीर्तिमान, लगातार २२औं खेल जित्ने पहिलो टोली
<p>काठमाडौं। अस्ट्रेलियाको महिला क्रिकेट टिमले नयाँ कीर्तिमान रचेको छ। आइतबार भएको खेलमा न्युजिल्यान्डलाई ६ विकेटले पराजित गर्दै लगातार २२औं खेल जितेको हो। योसँगै अस्ट्रेलियन महिला टोली लगातार सबैभन्दा धेरै खेल जित्ने टिम बनेको छ।<br />
अस्ट्रेलियाको महिला टोलीले अक्टोबर २०१७ देखि कुनै एकदिवशीय अन्तर्राष्ट्रिय खेल गुमाएको छैन। यसअघि लगातार सबैभन्दा धेरै खेल जित्ने कीर्तिमान अस्ट्रेलियाकै पुरुष क्रिकेट टिमले बनाएको थियो।</p>
प्रतिक्रिया दिनुहोस्
