मियामी ओपनको उपाधि बार्टीलाई
<p>काठमाडौं। विश्व नम्बर एक अष्ट्रेलियन अस्लेइग बार्टीले मियामी ओपन टेनिसको उपाधि उचालेकी छन्। </p>
<p>फाइनलमा क्यानडेली प्रतिस्पर्धी वियन्का एन्ड्रेस्कुले खुट्टामा चोट लागेर खेल त्यागेपछि बार्टीले उपाधि उचालेकी हुन्। <br />
एन्ड्रेस्कुले खेल छाड्नुअघि बार्टी ६–३, ४–० ले अघि थिईन्। </p>
<p>यसअघि खुट्टाकै चोटका कारण एन्ड्रेस्काले २०२० को सुरुवाती महिनाका खेलहरु पनि गुमाएकी थिईन्।</p>
प्रतिक्रिया दिनुहोस्
