आहा रारा गोल्डकपः आज मछिन्द्र र अफ्रिकन रुट्स भिड्दै
<p>काठमाडौं। १९औं आहा रारा गोल्डकप नकआउट फुटबल प्रतियोगितामा आज मछिन्द्र क्लब र अफ्रिकन रुट्स एसोसिएसन भिड्दै छन्। </p>
<p>अफ्रिकन रुट्सको आहा रारा गोल्डकपमा डेब्यु खेल हो। </p>
<p>पोखरा रंगशालामा सञ्चालन हुने खेलको प्रत्यक्ष प्रशारण दिनको दुईबजे देखि देखापढिको आधिकारीक युट्युब च्यानलमा हेर्न सकिने छ। </p>
<p>नकआउट आधारमा सञ्चालन भईरहेको प्रतियोगिताको विजेताले दस लाख एक हजार नगद र उपविजेताले पाँच लाख एक हजार नगद प्राप्त गर्नेछन्।</p>
प्रतिक्रिया दिनुहोस्
