आईपिएलमा कोरोनाकहरः बैंग्लोरका देवदत्त पाडिकल कोरोना संक्रमित
<p>काठमाडौं। इन्डियन प्रिमियर लिग आईपिएल फ्रेन्चाईज टोली रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) का ब्याट्सम्यान देवदत्त पाडिकल कोरोना संक्रमित भएका छन्। </p>
<p>संक्रमित पाडिकललाई आरसीबीले टिमबाट अलग क्वारेन्टिनमा राखेको छ। </p>
<p>आईपीएलमा यसअघि कोलकत्ताका नितिश राणा र दिल्लीका अलराउन्डर अक्षर पटेलमा कोरोना पोजेटिभ पाईएको थियो। </p>
<p>अप्रिल ९ देखि सुरु हुने आईपीएलको उद्घाटन खेलमा आरसीबीले मुम्बई इंन्डियन्सविरुद्ध प्रतिस्पर्धा गर्ने छ।</p>
प्रतिक्रिया दिनुहोस्
