स्पेनिस ला लिगामा रियल मड्रिड विजयी
<p>काठमाडौं। स्पेनिस ला लिगामा रियल मड्रिड विजयी भएको छ । घरेलु मैदानमा रियलले एइबरलाई २–० ले पराजित गरेको हो।</p>
<p>रियल मड्रिडको जितमा ४१ औं मिनेटमा मार्को असेन्सिओ र ७३ औं मिनेटमा करिम बेन्जिमाले गोल गरे। </p>
<p>जितपछि दोस्रो स्थानको रियलको २९ खेलबाट ६३ अंक भएको छ। २८ खेल खेलेको शीर्ष स्थानको एथ्लेटिको मड्रिडको ६६ र बार्सिलोनाको ६२ अंक छ।</p>
प्रतिक्रिया दिनुहोस्
