वेम्बले स्टेडियममा एक वर्षपछि दर्शक
<p>काठमाडौं। इङ्ल्यान्डको प्रसिद्ध फुटबल स्टेडियम वेम्बलेमा यो महिना(अप्रिल)को अन्त्यमा दर्शक देखिने छन्। कोरोनाले विगत एक वर्षदेखि फुटबलप्रेमी स्टेडियम जान पाएका थिएनन्।<br />
उक्त स्टेडियममा ९० हजार दर्शक अट्छन्, तर अहिले सीमित दर्शकमात्र जान पाउने अनुमति दिइएको छ। लेस्टर सिटी र साउथह्याम्टनबीच हुने पहिलो प्रतिस्पर्धामा स्टेडियममा केवल चार हजार दर्शक हुने छन्। म्यानचेस्टर सिटी र टोटनहमको खेलमा भने आठ हजार दर्शक हुने छन्।(एजेन्सी)</p>
प्रतिक्रिया दिनुहोस्
