आहा रारा गोल्डकप आजबाट, उद्घाटन खेलमा एपीएफ र सहारा भिड्ने
<p>काठमाडौं। पोखरामा हुने आरा रारा गोल्डकप फुटबल प्रतियोगिताको १९औं संस्करण आजबाट सुरुबाट हुँदैछ। </p>
<p>प्रतियोगिताको उद्घाटन खेलमा आज आयोजक सहारा क्लब र सशत्र प्रहरी बल (एपीएफ)ले प्रतिस्पर्धा गर्नेछन्। खेल पोखरा रंगशालामा ३ बजे सुरु हुनेछ। </p>
<p>नकआउट प्रतियोगितामा आठ टिमको सहभागिता छ। आयोजक सहारासँगै एपीएफ, नेपाल पुलिस क्लब, मनाङ मस्र्यांदी, संकटा, मछिन्द्र, थ्री स्टार र अफ्रिकन रुट्स एसोसिएसन सहभागी छन्।</p>
प्रतिक्रिया दिनुहोस्
