बुटवल लुम्बिनीका तीन विदेशी खेलाडी सार्वजनिक <p>काठमाडौं। नेपाली फुटबलमा पहिलोपटक हुन लागेको फ्रेन्चाइज प्रतियोगिता नेपाल सुपर लिगका लागि बुटवल लुम्बिनी फुटबल क्लबले आफ्ना तीन विदेशी खेलाडी सार्वजनिक गरेको छ।</p> <p>बुटवलले आज घानाका विलियन ओलियम, नाइजेरियाका ओमुलाजा करिम र चाडका अर्माड बेअडुमलाई सार्वजनिक गरेको हो।</p> <p>यससँगै बुटवल लुम्बिनीले १८ खेलाडीहरूलाई क्लबमा अनुबन्ध गरेको छ भने अब दुई स्थानीय खेलाडी छनोट गर्न बाँकी छ।</p>
प्रतिक्रिया दिनुहोस्