एएफसी कप : त्रिभुवन आर्मीले अप्रिल ७ मा पहिलो खेल खेल्ने
<p>काठमाडौं। त्रिभुवन आर्मी फुटबल क्लब (टिएएफसी)ले एएफसी कपको प्रारम्भिक चरणको पहिलो खेल श्रीलंका पुलिस स्पोर्टस क्लबविरुद्ध अप्रिल ७ मा दशरथ रंगशालामा खेल्ने भएको छ। </p>
<p>त्यस्तै एसियन फुटबल महासंघले खेलका लागि ५० प्रतिशत दर्शक उपस्थितिको अनुमति दिएको छ। खेल साँझ ५ः३० देखि सुरु हुनेछ। त्रिभुवन आर्मी एएफसीको सम्पूर्ण शर्तहरू पूरा गर्ने नेपालको एक मात्र क्लब हो।</p>
प्रतिक्रिया दिनुहोस्
