त्रिदेशीय कप विजेता खेलाडीहरूलाई जनही चार लाख दिने मन्त्रिपरिषद्को निर्णय
<p>काठमाडौं। सरकारले त्रिदेशीय अन्तर्राष्ट्रिय प्रतियोगिता विजेता नेपाली फुटबल टोलीका खेलाडीहरूलाई जनही चार लाख पुरस्कार दिने घोषणा गरेको छ। आज (शुक्रबार) बसेको मन्त्रिपरिषद्को बैठकले यो निर्णय गरेको हो।</p>
<p>यसअघि एन्फाले प्रतियोगिताको विजेता नेपाली टोलीका खेलाडीलाई जनही एक-एक लाख दिने घोषणा गरिसकेको छ।</p>
<p>नेपाल, कीर्गिस्तान र बंगलादेश सहभागी रहेको उक्त कपमा नेपालले फाइनलमा बंगलादेशलाई पराजित गर्दै उपाधि उचालेको थियो।</p>
प्रतिक्रिया दिनुहोस्
