आईसीसीको नयाँ निर्णयः एक टिमले २२ खेलाडी राख्न पाउने
<p>काठमाडौं। आईसीसीले क्रिकेटमा अबदेखि ठूला प्रतियोगिताहरुमा २२ सदस्यीय खेलाडी राख्न पाउने नियम बनाएको छ। </p>
<p>कोरोना महामारीलाई मध्यनजर गर्दै आईसीसीले यस्तो निर्णय गरेको हो। यसअघि एक टिमले १५ खेलाडी र आठ स्टाप सहित २३ सदस्य राख्न पाउँथे। </p>
<p>आईसीसीको नयाँ नियमअनुसार अब एक टिममा ३० सदस्य रहने छन्। जसमा २२ खेलाडी र ८ स्टाफ हुनेछन्।</p>
प्रतिक्रिया दिनुहोस्
