एएफसीको साताको उत्कृष्ट १० खेलाडीको सूचीमा किरन
<p>काठमाडौं। नेपाली राष्ट्रिय टोलीका कप्तान किरन चेम्जोङ एसियाकै साताको उत्कुष्ट १० खेलाडीको सूचीमा पर्न सफल भएका छन्। किरन एएफसीले निकालेको ‘एएफसी इन्टरनेसनल प्लेयर अफ द विक’को उत्कृष्ट १० खेलाडीमा परेका हुन्। </p>
<p>किरनले त्रिदेशीय कपमा गरेको प्रदर्शनको आधारमा एएफसीले उनलाई साताको उत्कृष्ट १० खेलाडीमा छनोट गरेको हो।</p>
प्रतिक्रिया दिनुहोस्
