आईपीएल : हैदराबादमा मिचेल मार्सको स्थानमा जेसन रोय
<p>काठमाडौँ। इङ्ल्यान्डका स्टार ब्याट्सम्यान जेसन रोय इन्डियन प्रिमियर लिग (आईपीएल)को फ्रेन्चाइज टोली सनराइजर्स हैदराबादसँग जोडिएका छन्।</p>
<p>अलराउन्डर मिचेल मार्सले आईपीएलबाट आफ्नो नाम फिर्ता लिएपछि क्लबले उनको स्थानमा रोयलाई ल्याएको हो। </p>
<p>यसअघि रोयलाई आईपीएलको १४औं संस्करणको खेलाडी लिलामीमा कुनै पनि टिमले खरिद गरेको थिएन। गत सिजन रोयलाई दिल्लीले खरिद गरे पनि व्यक्तिगत कारणले आईपीएल खेलेका थिएनन्।</p>
प्रतिक्रिया दिनुहोस्
