इमानको निर्णायक गोलमा खालीबारी विजयी <p>काठमाडौं। शहीद स्मारक सी डिभिजन लिगमा खालीबारी युथ फुटबल क्लबले सानो गौचरन युथ क्लबलाई १&ndash;० ले पराजित गरेको छ। खालीबारीको जितमा इमान लामाले निर्णायक गोल गरे।&nbsp;</p> <p>जितसँगै १० अंक जोडेको खालीबारी लिगको दोस्रो स्थानमा उक्लिएको छ। खालीबारी तीन खेलमा विजयी, एकमा बराबरी र एकमा पराजित भएको थियो।&nbsp;</p> <p>लिगमा तीन अंक रहेको सानो गौचरन तालिकाको ११औं स्थानमा छ।</p>
प्रतिक्रिया दिनुहोस्